• Sunday 4th of October 2026

अचानक पूर्वयुवराज पारस शाहलाई के भयो ? गरियो अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौँ — पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ । तर मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको हो ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖