• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भूकम्पको इपिसेन्टरमा भत्किएको कांग्रेसको पार्टी कार्यालय एमाले दस्ताले व्यवस्थापन गरे


  • धनकुटा खबर
  • .

जाजरकोट । कार्तिक १७ गते गएको भूकम्पले क्षति पुराएको कांग्रेसको पार्टी कार्यालय नेकपा एमालेको स्वयंसेवक दस्ताले व्यवस्थापन गरेका छन् ।

बारेकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा बारेकोट गाउँपालिका ५ मा रहेको नेपाली कांग्रेसको कार्यालय भत्किएका हो ।

भत्किएको पार्टी कार्यालयमा शुक्रवार नेकपा एमालेका स्वयंसेवक दस्ताले व्यवस्थापन गर्ने र भग्नावशेष निकाल्ने काम गरेको विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए।

भूकम्पले क्षति पुराएपछि उक्त कार्यालय बन्द अवस्थामा रहेको थियो। अखिल नेपाल किसान महासंघको टिम एफ वानले उक्त कार्यालयको व्यवस्थापन गरेको पौडेलले जानकारी दिए।

विगत १२ दिन देखि पौडेलेको नेतृत्वमा रहेको एमाले स्वयंसेवक दस्ता भूकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माणमा खटिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖