• Sunday 4th of October 2026

साम्बाको चार गोलमा रानानाको जित


  • धनकुटा खबर
  • .

काठमाडौं । फरवार्ड सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रदर्शनको मद्दतले हापोएल रानानाले इजरायली शीर्ष डिभिजनमा विजयी सुरुवात गरेको छ ।

लिगात नाशिम, इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा राननाले रमाट हशारोनलाई ४-० को फराकिलो अन्तरले हराएको हो । खेलमा चार गोल नै साम्बाको नाममा रह्यो । यस खेलमा सामेल भएसँगै साम्बा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बनेकी छन् ।

करिब एक महिना अगाडि इजरायल पुगेकी साम्बाले यस अघि रानानाका लागि अथिना कपमा खेलहरु खेलिसकेको थिइन् । त्यस प्रतियोगितामा रानाना डिफेन्डिङ च्याम्पियन किर्याट गिलसँग हात बेहोर्दै सेमिफाइनलबाट बाहिरिएका थियो ।

गत सिजन भारतीय महिला लिगमा कीर्तिमानी प्रदर्शन गरेपछि साम्बालाई इजरायली लिगमा खेल्ने मौका मिलेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖