• Monday 5th of October 2026

ह्वाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो


  • धनकुटा खबर
  • .

न्युयोर्क। श्वासप्रश्वास सम्बन्धी रोग निमोनियाले चीनमा प्रभाव देखाए पछि अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखा परेका छन्।

तर, यसलाई कुनै खतराको संकेत भन्नुको सट्टा सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ। चीनपछि अब अमेरिकाको ओहायो राज्यमा बालबालिकामा निमोनियाको संक्रमण देखिएको हो। अमेरिका बाहेक डेनमार्क र नेदरल्याण्डमा पनि यसका केसहरू रिपोर्ट भइरहेका छन्।

यो रहस्यमय निमोनियालाई ‘ह्वाइट लङ सिन्ड्रोम’ नाम दिइएको छ। यो रोगले प्रायः ३ देखि ८ वर्षका बालबालिकालाई असर गर्छ। यो रोग किन सर्छ भन्ने ठोस कारण भने अहिलेसम्म पत्ता लागेको छैन।

तर, कतिपयले यो रोगको कारण माइकोप्लाज्मा निमोनिया ब्याक्टेरियाबाट हुने संक्रमण भएको बताएका छन्। यस संक्रमणका कारण फोक्सो प्रभावित हुन्छ। तर, अहिलेसम्म यो र चीनमा बालबालिकामा हुने श्वासप्रश्वाससम्बन्धी रोगबीच कुनै सम्बन्ध भेटिएको छैन। तर बढ्दो केसहरू हेर्दा यो खतराको संकेत हुन सक्छ।

‘ह्वाइट लङ सिन्ड्रोम’ के हो ?
यो रहस्यमयी रोगलाई ह्वाइट लङ सिन्ड्रोम नाम दिइएको छ किनभने यसबाट प्रभावित हुँदा फोक्सोमा सेतो दाग देखिन थाल्छ। यो रोगका कारण फोक्सोमा सुन्निने हुन्छ। जसका कारण फोक्सो र श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ। यो सुरुमा हल्का हुन्छ तर पछि गम्भीर हुन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖