• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

शिक्षिका मल्लविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर


  • धनकुटा खबर
  • .

धनगढीः कैलालीकी एक शिक्षिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–४ मा रहेको माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका शिक्षिका निरञ्जना मल्लले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालले मल्लले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली (झुट्टा)शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको बताए। उनले सो विद्यालयबाट लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेकाले कैद र जरिवानाको मागदाबी लिई शुक्रवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

नक्कली प्रमाणपत्रका आधारमा बालविकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖