ह्यामबर्ग । शनिबार यूरो २०२४ को ड्र सार्वजनिक गर्ने कार्यक्रमका दौरान ‘सेक्सको आवाज’ सुनिएको विषयमा यूईएफएले अनुसन्धान सुरु गरेको छ ।
स्वीटजरल्याण्ड समूह ए मा स्कटल्याण्ड, हंगेरी र जर्मनीसँगै परेको घोषणा हुँदा आपत्तिजनक आवाज सुनिएको थियो ।
यसअघि जनवरीमा एफए कपमा लिभरपुल र वूल्भ्सविरुद्धको खेलअघि बीबीसीको कार्यक्रममा पनि यस्तै आवाज सुनिएको थियो । युट्युब फ्रांकस्टर डेनियल जार्भिसले दुवै घटनाको जिम्मेवारी लिएका छन् ।
जार्भिसले सामाजिक सञ्जाल एक्समा लाइभ आउँदै मोबाइल फोनबाट सो आवाज निकालेको स्वीकार गरेका हुन् ।
