राप्ती । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि चितवनबाट १४ जना खेलाडी छनोट गरिएको छ । जस मध्ये राप्ती नगरपालिकाबाट ६ जना खेलाडी छनौट भएका छ्न ।
राप्ती क्रीकेट एकेडेमीबाट छनोट भएका खेलाडीहरुमा लक्ष्मी रूम्बा लामा (राेमा), खिमकुमारी लामा, सलिना लामा, मनिषा परियार, सबिना बिक, सविता बिक रहेको राप्ती क्रीकेट एकेडेमीका संयोजक प्रमोद धरेलले बताए ।
भरतपुरको गौतमबुद्द अन्तरास्ट्रिय क्रीकेट रंगशालामा शुक्रबार देखि आयोजना हुने प्रतियोगिताको लागी उक्त खेलाडी छनोट गरिएको हो । बाग्मती प्रदेशका चार जिल्ला बिच हुने प्रतिस्पर्धाबाट ३ वटा टिम छनौट हुनेछ भने उक्त छनौट बाट निक्लिएको खेलाडीहरुको टिमले प्रदेशको प्रतिनिधित्व गर्ने छ ।
खेलाडी छनोट गर्न मङ्सिर देखि छनोट ‘क्याम्प’ आयोजना गरिएको र जिल्लाबाट छनोट भएका खेलाडी पुस १ देखि सञ्चालन हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने अर्का संयोजक चुम्बक लामाले बताएका छ्न ।
प्रदेशस्तरबाट छनोट भएका खेलाडीले आगामी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कपमा प्रतिस्पर्धा गर्नेछन् ।
