• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थीको निधन


  • धनकुटा खबर
  • .

बेलायतमा एक नेपाली महिलाको निधन भएको छ। चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो।

गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन्।

उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो। भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।

उनको निधनबारे परिवारलाई खबर गरिसकेको पनि उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖