• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आज सुनको मूल्य ह्वात्तै घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य आज गिरावट आएको छ ।

सोमबारसम्म आजसम्मकै उच्च अंकमा पुगेको सुन र चाँदीको मूल्य ओरालो लागेको हो । आज बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार २०० सय रुपैयाँ कायम भएको छ । एकैपटक मूल्य झरेको छ ।

सोमबार मात्र सुनको मूल्य १ लाख २१ हजार ६०० सय पुगेको थियो । एकैदिन २४ सय रुपैयाँ घटेको पनि यो नयाँ रेकर्ड हो । त्यस्तै तेजाबी सुन मूल्यपनि घटेर मंगलबार एक लाख १८ हजार ६५० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यपनि ह्वात्तै घटेको छ । हिजो सोमबार प्रतितोला एक हजार ५४५ रुपैयाँ कायम भएको चाँदी आज मंगलबार एक हजार ५०० मात्र रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖