• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रूसी सेनाको तर्फबाट यूक्रेनविरुद्ध लडिरहेका ६ नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १९ । यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपाली नागरिक मारिएको पुष्टि गरेको हो।

मृत्यु हुनेमा गोरखाका सन्दिप थपलिया, कपिलवस्तु वाणगंगा १ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, स्याङ्ग्जा पुतलीबजार ५ का प्रितम कार्की, दोलखा मेलुङ्ग ६ का राज कुमार रोका र इलाम ५ का गंगाराज मोक्तान रहेका छन्।

मन्त्रालयले रूस सरकारलाई पत्र पठाउँदै आफ्ना ६ जनै नागरिकको शव पठाइदिनका लागि आग्रह समेत गरेको छ। साथै नेपालले रूसलाई युद्धमा मारिएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्ति दिनका लागि पनि भनेको छ।

रूस सरकार यस लडाईका लागि नेपाली नागरिकलाई भर्ना नगर्न र यदि कसैलाई भर्ना गरेको भए तत्काल नेपाल फिर्ता पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖