• Monday 5th of October 2026

बक्स अफिसमा ‘एनिमल’को कमाई तीन दिनमा ३ सय करोड नाघ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । रणवीर कपुरको फिल्म एनिमलले तीन दिनमै ३ सय करोडको आँकडा पार गरेको छ । फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् ।

शुक्रबार यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा रिलिज भएको थियो ।

टी–सिरिजको ब्यानरमा फिल्म निर्माण भएको हो । रिलिजको जानकारी दिँदै फिल्मले विश्वभर ३५६ करोड रुपैयाँ कमाएको कम्पनीले जनाएको छ ।

एनिमललमा रणवीर कपुरका अलावा अनिल कपुर, बबी देओल, रश्मिका मानधना, तृप्ती डिमरी, सुरेश ओबेरोय र प्रेम चोपडाको पनि महत्वपूर्ण भूमिका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖