• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नौ वर्षीय बालकको ओलीलाई चिठ्ठी : रोजगारीका लागि विदेश…


  • धनकुटा खबर
  • .

काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेतका एक नौ वर्षीय बालकले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा पनि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन सुझाव दिएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा मंगलबार सुर्खेतमा रहेका ओलीलाई किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो सुझाव दिएका हुन् । अध्यक्ष ओलीले ती बालकले आफूलाई दिएको चिठ्ठीसहित फेसबुकमा राख्दै आफ्नो पार्टीको अभियान त्यसैका लागि भएको बताएका छन् ।

‘मंगलबार हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँड्ने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिठ्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए’, ओलीले लेखेका छन्, ‘मैले सोचेँ – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ ।’

साथै उनले ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेको भन्दै ‘सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖