• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रावलकाे गम्भीर आरोप– एनसेलमा शीर्ष नेताहरुले अर्बौंको घोटला गरे


  • धनकुटा खबर
  • .

काठमाडौं । एमालेका नेता भीम रावलले एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा शीर्ष नेताहरु जोडिएको आरोप लगाएका छन् । शीर्ष नेताहरुको सहयोग शेयर खरिद–बिक्री भएको उनले बताए । शेयर खरिद–बिक्री प्रकरणमा अर्बौंको घोटला भएको उनको भनाई छ । शेयर खरिद–बिक्रीकाे पछिल्लो घटना सरकारी स्वामित्व आउन नदिन रचिएको नाटक भएको उनले बताए ।

“एनसेलले ७० अर्ब बढी राजस्व नतिरेको मुद्दा चलिरहेकै बेला अर्बौंको घोटाला गर्नुका साथै, कम्पनी सरकारको स्वामित्वमा आउन नदिने प्रपञ्चका साथ कम्पनी बिक्रीको नाटक गरिएको छ”, सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले भनेका छन्, “यस्तो कुकर्म सरकार र राजनीतिको उपल्लो तहका मानिसको संलग्नता बिना सम्भव हुने देखिन्न ।”

“शुशासन र राष्ट्रिय हित भनेको यस्तै हुन्छ ?” भन्दै रावलले सरकारको कडा आलोचना गरेका छन् । “सरकार कहाँ छ ? सुशासन र राष्ट्रिय हित भनेको के यस्तै हुन्छ ?”, रावलको प्रश्न छ । एनसेल प्रकरणको छानबिन गरी देशको हितको रक्षा गर्नेगरी काम गर्न संसद र जिम्मेवार निकायलाई रावलको अपिल छ । “संसद र जिम्मेवार निकायबाट छानबीन भई देशको कानून र हितको रक्षा होस्”, उनले भनेका छन् ।

मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै (८० प्रतिशत शेयर) बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर अर्थात् छ अर्ब ६६ करोड रूपैयाँमा बिक्री गरेको थियो । सात वर्षअघि सन् २०१६ मा एक खर्ब ४३ अर्ब रूपैयाँ खरिद गरिएको शेयर यति थोरै रकममा त्यो पनि सरकारी निकायलाई छल्दै बिक्री गरिएपछि उक्त खरिद–ब्रिकिमाथि प्रश्न उठेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖