• Sunday 4th of October 2026

घरमै घुसेर ७० वर्षीया महिलामाथि बलात्कार गर्न खोज्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुुरमा ७० वर्षीया महिलामाथि बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन् ।

७० वर्षीय महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दोधाराचाँदनी नगरपालिका–७ बस्ने ३२ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनारले बृद्व महिलालाई भदौ १४ गते राती घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराको टोलीले पक्राउ गरेको हो ।

सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖