• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

न्युरोडबाट सुन व्यापारी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंगलबार राति न्युरोडस्थित कारखानामा छापा मारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार एक जना पक्राउ परेका छन्। न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानोभर्‍याङ बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डे पक्राउ परेका छन्।

प्रहरीले सुन समेत बरामद गरेको छ। यद्यपि कति परिमाणको सुन हो भन्ने यकिन भइसकेको छैन। ५ किलो भन्दा बढी सुन हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनले तस्करी गरी ल्‍याएको सुन बिक्री गर्ने गरेको भन्दै प्रहरीले छापा मारेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖