• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

न्यूरोडस्थित सुन गाल्ने कारखानाबाट झण्डै ८ किलो सुन बरामद


  • धनकुटा खबर
  • .

काठमाडौं,२० मंसिर । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको ओम्पाल गोल्ड शपमा छापा मारेको हो । प्रहरीले कारखानाबाट ७ किलो ८ सय ग्राम सुन बरामद गरेको एक अधिकारीले जानकारी दिए ।

पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो । केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ । file photo

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖