• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विराटनगरमा आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

विराटनगरमा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

यहाँको सातघुम्ती चोकमा रहेको एउटा कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो। विराटनगर ७ का उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

‘दीपक मण्डलको मृत्यु भएको छ, न्यूरोमा उपचार गराइरहेका थप तीन जना पनि गम्भीर घाइते छन्’, मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले भने, ‘कोशीमा उपचार गराइरहेका एक जनाको अवस्था सामान्य छ।’-सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖