काठमाडौँ । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।
यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ ।
