• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश


  • धनकुटा खबर
  • .

उच्च अदालत पाटनले एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ।

बिहीबार उच्च अदालतका न्यायाधीश पुरूषोत्तमप्रसाद ढकालको इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयलाई आदेश दिएको हो।

अदालतले दुवै पक्षलाई छलफलका लागि मंसिर २५ गते बोलाएको छ।
आदेशमा भनिएको छ, ‘मंसिर २५ गतेसम्मका लागि खरिद-बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो। गोकुलबहादुर रोकायाले शेयर खरिदबिक्रीको कारोबारविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖