• Tuesday 6th of October 2026

यी युवती अल्छी बनेर कसरि करोडपति बन्न सकिन्छ भनेर सिकाउछिन


  • धनकुटा खबर
  • .

के दुनियामा कुनै मानिस अल्छी गरेकै कारण करोडपति बनेको सुन्नुभएको छ ? करोडपति बन्नका लागि त जाँगर चलाएर काम पो गर्नुपर्ला । तर, यहाँ कोही यस्ता भाग्यमानीहरु प्नि छन् जसले कुनै सीप नै नसिकी आफ्नो आलस्यताकै सहारामा मनग्गे पैसा कमाएर करोडपति बनेकी छिन् ।

ती महिलाको नाम पाविनी लर्टजितब्यानजोंग हो । उनको उमेर ४२ वर्षको भयो । आफूले लामो समयसम्म मेहेनत गर्ने ध्याउन्नमा आफ्नो जीवन नै बर्बाद गरेको उनी बताउँछिन् । यद्यपि वैवाहिक सम्बन्ध टुटेपछि भने उनको भाग्य बदलियो ।

डिभोर्सपछि उनको ऋण करीब १ लाख डलर पुगेको थियो । जसका कारण उनले आफ्नो जीवनमा धेरै परिवर्तन गर्नुपर्यो । आफु अल्छी भएर करोडौँ पैसा कमाएपछि उनी अहिले अरु मानिसहरुलाई कसरी अल्छी भएर धनी बन्ने भन्ने कला सिकाउँछिन् ।

डेलीमेलमा प्रकाशित रिपोर्ट उनी अमेरिकाको न्युजर्सीमा बस्छिन् । उनको कमाई वर्षको ३ लाख ८० हजार डलर भनदा धेरै छ । र, यसरी वर्षको ५ करोड रुपैयाँ भन्दा धेरै रकम कमाउनका लागि उनले आफुलाई धेरै कष्ट दिनुुपनि पर्दैन । उनी घरमै बसेर एउटै काम गर्छिन् र कहिल्यै ओभरटाइम पनि गर्दिनन् ।

पाविनी भन्छिन्, ‘म आफूलाई अल्छी करोडपति भन्दछु किनकि मैले आफ्नो पैसा कुनै नयाँ सीप नसिकीकनै कमाएकी हुँ । मैले घर बसेरै काम गर्दुछु, जिमखानामा पैसा खर्च गर्दिन । मलाई खाना पकाउन मन पर्दैन न त सरसफाई गर्न । मैले नेटवर्किंग इभेन्टमा गएर समय बर्बाद गर्दिन । मैले अल्छी जिवनशैली बिताउँछु र यसले मलाई अझै उत्कृष्ट बनाएको छ ।

उनका बुवाआमा थाइल्याण्डबाट शरणार्थीको रुपमा अमेरिका पुगेका थिए । त्यसबेला उनले आफ्नो जीवनमा अरु मानिसले भन्दा १० गुणा धेरै मेहेनत गर्नुपर्ने ठानेकी थिइन् । त्यसैले सुरुसुरुमा उनले निकै मेहेनत गर्नुपर्ने काम पनि स्वीकार गर्थिन् ।

मान्छेहरुलाई खुसी बनाउन तर्फ लाग्थिन् ताकि कुनै राम्रो मौका हातबाट नफुत्कियोस् । केवल मेहेनतले मात्र सफलता प्राप्त हुन्छ भन्ने उनको सोँचाई थियो । बढुवाका लागि निकै मेहेनत गर्नु पर्दथ्यो । तर सन् २०१९ मा उनको वैवाहिक सम्बन्ध टुट्यो ।

सन् २०२० को मार्चमा औपचारिक रुपमा डिभोर्स भएपछि वकिल तथा अन्य कानूनी शुल्कका कारण उनको ऋण बढेको थियो । त्यहीँबेला कोरोना महामारी आयो । जहाँ संकट त्यहाँ उपाय भनेजस्तै उनले सबैकुरा परिवर्तन गरिन् । त्यसपछि सबै कुरा ठीक हुँदै गयो र उनले पैसा कमाउन थालिन् मनग्गे ।

आफू अल्छी भएरै करोडपछि भएकी पाविनीले मानिसहरुलाई धनी बन्ने चारवटा टिप्स दिएकी छिन्, जुन यस्ता छन् :

इदि तपाइँलाई हरेक दिन खाना पकाउन मन पर्दैन भने सप्ताहन्तको एक दिन निकाल्नुहोस् र हप्ताभरको खानाको बन्दोबस्त गर्नुहोस् ।
ऋाफ्ना सबै बिलहरु तुरुन्तै भुक्तान गर्नुहोस् र बिल तिर्नका लागि भाका नपन्छाउनुहोस्
जिमको सदस्यतामा पैसा खर्च गर्ने चिन्ता नगर्नुहोस् । केवल खानाका लागि केही पाइला हिड्नुहोस्
नेटवर्किंग इभेन्टहरुमा जानबाट बँच्नुहोस् । यदि तपाईलाई मानिसहरुसँग चिनाजानी बढाउनुपर्ने छ भने तपाइँ त्यस्ता कार्यक्रममा जान सक्नुहुन्छ ।
आफूले कडा मेहेनत गर्नुको साटो स्मार्ट काम गर्ने निर्णय गरेको उनी बताउँछिन् । कार्यालयमा आफ्नो बढुवा गरिदिन सक्ने अधिकार वा सरोकार भएका मानिसहरुसँग मात्रै उनले चासो राख्छिन् ।

उनले केवल सफल मानिसहरुलाई मात्र साथी बनाइन् । नेटवर्किंग कार्यक्रममा जान बन्द गरिन् । उनले एउटै जागिरमा ओभरटाइम गर्नुको साटो बँचेको समयमा कुनै दोश्रो काममा लगाउने फैसला गरिन् ।

आफ्नो पैसा शेयरमा लगानी गरिन् जसबाट उनले वर्षमा १ लाख २६ हजार डलर कमाउँछिन् । उनले यसरी कमाएको रकमबाट सबै ऋण तिरेर घर तथा गाडी मात्र किनेकी छैनिन् सपरिवार आफ्नो मातृभूमि बैंकक समेत घुमेकी छिन् ।सन् २०२४ मा अन्य देशहरुमा समेत घुम्ने उनको योजना छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖