• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विपिन बेपत्तापछि विक्षिप्त परिवार, कूटनीतिक माध्यमबाट पहल जारी राखेका प्रधानमन्त्रीको आश्वासन


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर २२ । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको सकुशल रिहाइका लागि थप पहल अगाडी बढाउन प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन्। सुदूरपश्चि महोत्सवको उद्घाटन गर्न केहिबेर अघि कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न गेटा विमानस्थल पुगेका विपिनका बुबाआमाले उक्त आग्रह गरेका हुन् ।

“चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनुपर्‍यो,” प्रधानमन्त्री प्रचण्डलाई विपीनका बुबाआमाले भने, “छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनुपर्‍यो।”

भेटमा प्रधानमन्त्री प्रचण्डले विपिनको सकुशल रिहाइका लागि कूटनीतिक माध्यमबाट पहल जारी राखेका र सरकार यो घटनाबाट चिन्तित रहेको बताए । भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि पनि परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर रिहाईका लागि आग्रह गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनी सहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।

विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖