• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुई महिनादेखि बेपत्ता युवती मृत भेटिइन्


  • धनकुटा खबर
  • .

धनगढी । बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् ।

सुर्नया गाउँपालिका–८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले असोज २५ गतेदेखि बेपत्ता महराको शव सामुदायिक वनमा भेटिएको पुष्टि गरे ।

उनकाअनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको कंकाल फेला परेको हो । महराका परिवारले लुगाका आधारमा उनको पहिचान गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

महरा घरबाट गोठालो गएका बेला असोजमा हराएकी थिइन् । मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖