काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेन शाहले ऐतिहासिक हिम्मत गरेको चर्चा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले प्लाष्टिकका ट्रि प्रयोगमा निषेध गरेको छ ।
भाटभटेनी सुपरमार्केटलगायतका सपिङ मलमा राखिएका क्रिसमस ट्रि काठमाडौं महानगरपालिकाले हटाइदिएको छ । बालेनको उक्त कदमपछि उनका विरोधीहरु समेत समर्थक बनेका छन् ।
पुस ९ गते परेको क्रिसमस डेको अवसरमा विभिन्न सपिङ मलले सजावट सुरु गरेका छन् । महानगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा यसअघि रोक लगाएको उल्लेख गर्दै अहिले पनि प्लाष्टिकका क्रिसमस ट्रि राख्न बन्देज गरिएको जनाएको छ ।
“हामीले क्रिसमस ट्रि एकपल्ट प्रयोग गरेर फाल्ने होइन तर महानगरले एकाएक बन्द गराउँदै आएको छ,” एक व्यवसायीले भने, “अहिले अन्तिम समयमा आएर रोक लगाउँदा हामीलाई अप्ठेरो परेको छ भने क्रिसमस मनाउनेहरुको अधिकार पनि हनन् भएको छ ।”-प्रहार न्यूज
