• Tuesday 6th of October 2026

पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचनमा उठ्ने पुटिनको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर २३ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने घोषणा गरेका न् । यसबाट उलाई सत्तामा उको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ ।

एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आएका छन्। उनले चारवटा राष्ट्रपतीय निर्वाचन जितेका छन छ र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा सेवा गरेका छन् ।

पुटिनले उक्त घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गरेका थिए । कार्यक्रममा युक्रेनमा आक्रामक हमलामा लड्ने केही मानिस सहभागी थिए । गत वर्ष पुटिनले युक्रेनमा हमला गर्न आदेश दिएका थिए ।

विश्लेषकहरूका अनुसार पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्नुपर्ने छैन र उनले युक्रेन द्वन्द्वमा घरेलु असहमति लुकाउनका लागि सम्भव भएसम्म ठूलो जनादेश खोज्नेछन्।

सन् २०२० मा एक विवादास्पद संवैधानिक सुधारपछि उनी कम्तीमा पनि सन् २०३६ सम्म सत्तामा रहन सक्नेछन्। अधिकार समूहहरूले अघिल्ला निर्वाचनहरूमा अनियमितता भएको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकहरूलाई मतदानको अनुगमन गर्न रोकिने बताएका छन् । निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖