• Monday 5th of October 2026

दिनभर कानमा इयरफोन लगाउँदा बहिरोपनको खतरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । संगीत, पोडकास्ट र अन्य सामग्री सुन्नका लागि इयरफोन सबैभन्दा राम्रो विकल्प हो। तर लगातार इयरफोनको प्रयोगले बहिरा हुने खतरा बढाउँछ।

आजको युगमा वायरलेस भएकाले इयरफोनको प्रयोग झनै बढेको छ । जिममा व्यायाम गर्दा, यात्रा गर्दा वा काम गर्दा पनि मानिसहरू घण्टौँ इयरफोन प्रयोग गर्छन्। यसले बहिरोपन मात्र नभई अन्य धेरै रोगहरूको जोखिम पनि बढाउने विज्ञहरुको भनाई छ।

दिल्ली अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का पूर्व ईएनटी विशेषज्ञ डा बीपी शर्माले इयरफोन जस्ता टेक्नोलोजी सम्बन्धित चीजहरूले सुविधा प्रदान गरे पनि यसको अत्यधिक प्रयोगले रोग पनि बढ्दै जाने जिकिर गरे । कुनै व्यक्ति फोनमा कुरा गर्दा १० मिनेट बोल्छ भने हेडफोनमा ३० देखि ४० मिनेटसम्म सजिलै कुरा गर्न सक्ने उनी बताउँछन् ।

आफूकहाँ चर्को स्वरमा सुन्न सक्ने बानी भइसकेका वा बहिरा भएका यस्ता बिरामी आफूकहाँ आउने चिकित्सक शर्मा बताउँछन् । यो समस्या वयस्कहरूमा मात्र सीमित छैन। वास्तवमा बालबालिका पनि यसको सिकार भइरहेका छन् ।

डाक्टरका अनुसार श्रवण कोशिकाको संवेदनशीलतामा ह्रासका कारण बहिरोपनको जोखिम मात्रै नभई कानमा चर्को आवाज गुन्जँदा इयर क्यानलमा असर पर्ने र चक्कर पनि लाग्ने सम्भावना हुन्छ । कानमा कडा दुखाइ पनि हुन सक्छ।

सङ्क्रमणदेखि मस्तिष्कको क्षतिसम्म जोखिम

त्यसैगरी इयरफोन प्रयोग गर्दा सरसफाइमा ख्याल गरिएन भने त्यसमा ब्याक्टेरिया बढ्न सक्छ र सङ्क्रमण हुन सक्छ । यति मात्र होइन, लामो समयसम्म इयरफोनको प्रयोग गर्दा निद्रामा बरबराउने समस्या पनि हुन सक्छ । मस्तिष्कका कोशिका कमजोर हुन सक्छ र मस्तिष्क पनि प्रभावित हुन सक्छ।

इयरफोन कति समयसम्म प्रयोग गर्नुपर्छ?

डा शर्माका अनुसार इयरफोन एक पटकमा बढीमा १५ देखि २० मिनेटसम्म मात्र प्रयोग गर्नुपर्छ । यसपछि कानलाई आराम दिनुपर्छ र त्यसपछि मात्रै फेरि इयरफोन प्रयोग गर्नुपर्छ ।

साथै, भोल्युममा पनि ध्यान दिनुपर्छ। तपाईंले सामग्री सुन्नको लागि भोल्युम सधैँ पर्याप्त हुनुपर्छ। आवाज जति कम हुन्छ, कानका लागि त्यति राम्रो हुन्छ । साथै, इन-इयर इयरफोनभन्दा ओभर द इयर हेडफोन राम्रो हुन्छ।

न्यूज १८बाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖