काठमाडौं, मंसिर २४। धादिङको मैदी केन्द्रबिन्दु भएर भर्खरै भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
थप विवरण आउन बाँकी छ।
