• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यसरी मृत्युको मुखबाट जोगिए ११ वर्षीय रिदम


  • धनकुटा खबर
  • .

धनगढीः दुवै मिर्गौलाले काम गर्न छाडेपछि सिकिस्त बिरामी भएका कैलालीको जोसीपुर गाउँपालिका–६ कुमारीबागका रिदमलाई उपचारको खाँचो थियो। तर सिकिस्त हुँदै गएका रिदमको उपचारमा कुनै चिकित्सक अघि बढेनन्।

सबै पन्छिँदै जाँदा बालक मृत्युको मुखतिर धकेलिँदै गए। रिदमका अभिभावक चिकित्सकसँग उपचारका लागि हारगुहार गर्दै थिए। ११ वर्षीय रिदमको उपचार गर्दा निको भएन भने आइपर्न सक्ने जोखिमबाट जोगिन सेती प्रादेशिक अस्पताल धनगढी, बाँकेको भेरी अस्पताल, संघीय राजधानी काठमाडौंस्थित कान्तिबाल अस्पताल र बाँकेकै कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजका चिकित्सक एकपछि अर्को अस्पताललाई रेफर गर्दै आएका थिए।

पिसाबसमेत मलद्वारबाट हुन थालेपछि रिदम अचेत हुँदै थिए। परिवारका सदस्य मिर्गौला रोग विशेषज्ञ डाक्टर पारस श्रेष्ठलाई भेट्न पुगेका थिए। सिकिस्त छोरो लिएर आमाबुवा र आफन्त अन्तिम पटक हारगुहार गर्न लाइफलाइन जनरल अस्पताल पुगे।

उपचार नै नगरी धेरै चिकित्सकहरूले आफु जोखिमबाट बच्ने काम मात्र गर्दै आएका थिए। कसैले उपचार नै गर्न मनेका थिएनन्।

म निराश थिएँ। अक्सिजन खोज्दै थिएँ। फर्काएर घर लैजाने तरखरमा थियौँ,’ रिदमका बाबु वीरविक्रम मल्लले भने, ‘बाँच्ने र बचाउन सकिने छोरालाई ठूला अस्पतालका चिकित्सकले ‘२ घण्टा पनि बाच्न मुस्किल छ भन्थे। त्यसपछि त बचाउन सकिने आशा नै मरेको थियो।’ डाक्टर पारसका अनुसार यहाँ ल्याउँदा बच्चाको पीवी नै थिएन। श्वास फेर्न नि सकिरहेको थिएन। रगतमा सङ्क्रमण थियो।

बच्चा होसमा थिएन। हामीसँग डाइलेजर थिएन। काठमाडौंमा आफ्ना चिकित्सक साथीहरूसँग सल्लाह गरेको र त्यसअनुसार डाइलिसिस गरेको उनी बताउँछन्। ‘मसँग आइसीयू थिएन। मेडिकल कलेजमा राख्दिन अनुरोध गरेँ तर मानेनन्,’ चुनौती र जोखिम मोलेर मृत्युको मुखबाट बालकलाई जोगाएका डाक्टर पारसले सुनाए, ‘म जिम्मेवारी लिन्छु भनेँ। घर लग्यो भने बच्चाको मृत्यु हुन्थ्यो। उपचार गर्दा बाच्ने १ प्रतिशत सम्भावना थियो।

अभिभावकको सल्लाहमा उपचार गरेँ। बच्चालाई सन्चो भयो। जस्तोसुकै जोखिम आईपरेपनि चिकित्सकीय जिम्मेवारी निभाउन तयार हुँदै तीन दिनको उपचारपछि बालकले नयाँ जीवन पायो। उ शय्याबाट हाँस्दै हिँडेर आउँदा मलाई पनि धेरै खुसी लाग्यो।’

चिकित्सकले सानो जोखिम मोल्दा बिरामीको ज्यान जोगिन सक्ने ठानेर उपचार गर्दा जुन नतिजा आयो– डाक्टर पारस खुसी भए। रिदमकी आमा कल्पना मल्लको आँखामा खुसीका आशु भरिए।

लाइफलाइन अस्पतालको कक्षमा आशु पुछ्दै कल्पनाले दुखेसो पोखिन्, ‘बाँच्दैन। दुई घण्टा मात्र समय छ भन्थे। जुन अस्पतालमा पु¥याए पनि फिर्ता गरिदिए। भेरी अस्पतालमा एम्बुलेन्सबाट निकाल्न नपाउँदै फिर्ता पठाए। माया नै मारेका थियौँ। उनी अहिले आफ्नो छोराले दोस्रो जुनी पाएको ठान्छिन्।-दिनेश खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖