• Thursday 8th of October 2026

मध्यम बलिङ प्रदर्शन, चौथो विकेटको खोजी


  • धनकुटा खबर
  • .

नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । आइसिसी एकेडेमी ओभल २ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २२ ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएको छ ।

रहिमउल्लाह जुरमाती २८ र जम्शिद जद्रान ३५ रनमा क्रिजमा खेलेका छन् । एक समय अफगानिस्तान ६.३ ओभरमा ३३–३ को को अवस्थामा पुगेको थियो ।

तर चौथो विकेटका लागि रहिमउल्लाह जुरमाती र जम्शिद जद्रानको ६३ रनको साझेदारीले अफगानिस्तान खेलमा फर्किएकोछ । नेपाल चौथो विकेटको साझेदारी तोड्न निरन्तर प्रयास गरेको छ ।

नेपाललाई तीव्र गतिका बलर गुलशन झाले पहिलो सफलता दिलाएका थिए । गुलशनको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भएका थिए । उनले ९ बलमा २ चौका र १ छक्का हाने ।

हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे । ह्याट्रिक बलमा हेमन्तले वाइड फ्याँलेका थिए । हेमन्तको इनस्वींय योर्कर बलमा उनी बोल्ड भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖