• Tuesday 6th of October 2026

भारतकी चर्चित नेतृ मायावतीले भदाहालाई दिइन् पार्टीको उत्तराधिकार


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशकी पूर्वमुख्यन्त्री तथा बहुजन समाज पार्टीकी प्रमुख मायावतीले आफ्नो उत्तराधिकारी आफ्नै भदाहा आकाश आनन्दलाई घोषित गरेकी छन् ।

आकाश मायावतीका दाजु आनन्द कुमारका छोरा हुन् । बीएसपीका नेता उदयवीर सिंहले समाचार एजेन्सीहरुलाई आइतबार यो जानकारी गराएका हुन् ।

पार्टीभित्र र समग्र यूपीमा बहनजी नामले चिनिने दलित नेता मायावतीले आफ्नो शेषपछि आकाश आनन्द पार्टीको उत्तराधिकारी हुने निर्णय सुनाएकी छन् । यूपी र झारखण्डमा राम्रो पकड रहेको बीएसपीमा आसन्न लोकसभा चुनावअघि उनी उत्तराधिकारी बन्ने आँकलन गरिएको थियो । भारतको केन्द्रीय संसदमा ८ सीट रहेको बीएसपी दलितहरुको पार्टीको रुपमा चिनिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖