• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इटहरीमा छोराको रिसले आमाको हत्या


  • धनकुटा खबर
  • .

दुहवी । इटहरीमा छोरासँगको रिसले आमाको हत्या भएको छ ।

इटहरी १२ खनारस्थित हिजो (आइतबार) करिब साढे १२ बजेतिर अन्दाजी ५० वर्षीय भूमिकुमारी चौधरीको छुरा प्रहार गरी हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार सोही ठाउँका २३ वर्षीय गणेश चौधरीले भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै पुगेर छुरा प्रहार गरेका हुन् ।

छोरालाई नभेटेपछि आमालाई नै छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । गणेश लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।
प्रहरी निरीक्षक चौधरीले भने, ‘भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै विवाद गर्न गएको बेला आमालाई भेटेपछि आमालाई नै छुरा प्रहार गरेको खुलेको छ।’

छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनको विराटनगरस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

हत्यामा संलग्न गणेशलाई पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖