• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा संसदीय दलको बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ। आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दलको उक्त बैठक बस्नेछ।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल केन्द्रित हुने छ।

बैठकमा पार्टी संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुनेछ भने बैठकको अध्यक्षता दलका कार्यवहाक नेता विराजभक्त श्रेष्ठले गर्नेछन्।

पार्टी सभापति तथा संसदीय दलका नेता रबि लामिछाने बेलायत यात्रामा रहेकाले श्रेष्ठले उक्त बैठकको अध्यक्षता गर्न लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖