• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

महावीर पुनकी छोरीलाई पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढाउन केएमसीले गर्याे अफर


  • धनकुटा खबर
  • .

काठमाडाैं । काठमाडाैं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडले वैज्ञानिक महावीर पुनकी छोरी झरना पुनलाई पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढाउने अफर गरेकाे छ ।

कलेजले चिकित्सा शिक्षा आयोगलाई पत्र लेखी व्यवस्थापन कोटामा उनलाई पढाइदिने भन्दै कोटा व्यवस्थापन गर्न माग गरेको हाे ।

केएमसीका चिफ डा.रतिन्द्रनाथ श्रेष्ठले केएमसीलाई व्यवस्थापन कोटा दिइए झरनालाई पूर्ण छात्रवृत्तिमा पढाउने बताए ।

पूर्ण छात्रवृत्तिमा होस्टेल खर्चसमेत हुन्छ । झरनाले आयोगले लिएको प्रवेशिका परीक्षा पास गरेकी छिन् ।

तर, उनको नाम छात्रवृत्तिमा भने आएन । जसका कारण उनी आफ्नै खर्चमा पढ्न नसक्ने देखिएकाले आफूहरूले छात्रवृत्तिमा पढाउने निर्णय गरेको उनले बताए । काठमाडाैं मेडिकल कलेज कांग्रेस सांसद डा. सुनील शर्माको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖