• Tuesday 6th of October 2026

कांग्रेस नेताको कम्पनीमा छापा, ३५१ करोड भारु नगद बरामद


  • धनकुटा खबर
  • .

झारखण्ड । भारतको कांग्रेस पार्टीका एक सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीविरुद्ध आयकर विभागले छापा मारेर ३५१ करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ ।

समाचार एजेन्सी पीटीआईले दिएको जानकारी अनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिले सम्मको उच्च रकम हो।

यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहूको परिवारसँग सम्बन्धित छ। यद्यपि साहुले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेड लगायतका प्रवर्द्धकहरुविरुद्ध आयकर विभागको छापा मारेको आइतबार पाँचौँ दिन थियो ।

कर छली र ‘अफ द बुक’ लेनदेनको आरोपमा कर अधिकारीहरूले डिसेम्बर ६ मा छापा मारेका थिए। स्रोतका अनुसार नोटहरू गणना गर्ने प्रक्रिया पूरा भएको छ र कुल ३५१ करोड रुपैयाँ नगद जफत गरिएको छ।

गणनामा आयकर विभाग र विभिन्न बैंकका करिब ८० जनाको नौ टोलीले २४ सै घण्टा पालैपालो सिफ्टमा काम गरेका थिए । समाचार एजेन्सीलाई दिइएको जानकारी अनुसार नगद बोक्न करिब २०० झोला र ट्रङ्कहरू प्रयोग गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖