• Monday 5th of October 2026

प्रियंका चोपडाको यी फिल्ममा करौडौं रकम गयो खेर


  • धनकुटा खबर
  • .

बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा। उनले बलिउडको धेरै फिल्ममा काम गरिसकेकी छन्।

यतिबेला प्रियंकाले काम गरेकी बलिउड फिल्ममा लागतभन्दा कमाइ कम भएको छ। उनले काम गरेको धेरै फिल्महरू चर्चामा छन्। केही हिट नभएका फिल्ममा करोडौं पैसा डुबेको बाहिरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले अभिनेता अभिषेक बच्चनसँग काम गरेको फिल्म ‘द्रोणा’ २००८ मा रिलिज भएको थियो। यो फिल्ममा ४३ करोड लगानी भएको थियो भने फिल्मको कमाइ जम्मा ८ करोड ९७ लाख भारू कमाएको थियो।

यस्तै अभिनेता सलमानसँग उनले ‘गर्ड तुस्सी ग्रेट हो’ फिल्ममा काम गरेकी थिइन्। यो फिल्ममा २१ करोड भारू लगानी भएको थियो। भने यो फिल्मले जम्मा १२ करोड ५१ लाख कमाएको थियो।

यसैगरी उनले २००८ मा हरमन बावेजीसँगै ‘लव स्टोरी २०५०’ फिल्ममा काम गरेकी थिइन्। यो फिल्ममा ४० करोड लगानी भएको थियो। यसको कमाइ ११ करोड १ लाख भारू भएको थियो।

यसैगरी उनले बबी देओलसँग ‘बरसात’ मा काम गरेकी थिइन्। यो फिल्मले ९ करोड भारू कमाएको थियो भने यसको लागत बजेट ८ करोड २५ लाख भएको थियो। यसैगरी उनले अभिनेता सनी देओलसँग २००७ मा ‘बिग ब्रदर’ मा काम गरेकी थिइन्। यो फिल्म पनि फ्लप भएको थियो। पछिल्लो समय उनी हलिउड फिल्ममा पनि काम गर्दैछिन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖