• Monday 5th of October 2026

प्रेगनेन्सी फोटोसुट’मा रोमान्टिक रेखा दम्पती


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री रेखा थापाको ‘प्रेगनेन्सी फोटोसुट’का रोमान्टिक तस्वीर सार्वजनिक भएका छन् । यी तस्वीरमा रेखा र उनका श्रीमान बलराम शाही प्रफुल्ल मुडमा देखिएका छन् ।

बुधबार राती अमेरिका उड्नुअघि रेखा दम्पतीले यी तस्वीर काठमाडौंमा खिचाएका थिए । तस्वीरमा रेखाको पहिरन आकर्षक देखिन्छ । सेतो सारीमा कालो रङका पुतली र शिशु आकार बुनिएको छ । उनले शीरमा क्राउन लगाएकी छन् ।

रेखा अहिले ‘बेबी प्लान’सहित अमेरिका लागेकी छन् । बुधबार काठमाडौंदेखि दोहा ट्रान्जिट हुँदै उनी अमेरिकाको सियाटल अवतरण भएकी हुन् । त्यहाँ रेखाको श्रीमानको परिवार बसोबास गर्दै आएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖