• Monday 5th of October 2026

मेहेन्दीमा रमाइन् श्रृङ्खला, बिहिबार बिहे


  • धनकुटा खबर
  • .

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाको बिबाह बिहिबार हुँदैछ । बिहिबार हुन लागेको बिहेको तयारी धमाधम चलिरहेको छ ।

श्रृङ्खला र व्यवसायी संभव सिरोहियाको आज मेहेन्दी सेरेमोनी चलिरहेको छ । श्रृङ्खलाको मेहेन्दी सेरोमोनीमा हायात होटलमा चलिरहेको छ ।

उनको यो खुशीमा साथ दिन पूर्व मिस नेपालहरुको उपस्थिति बाक्लो देखिन्छ । श्रृङ्खला र संभव बिहेको माहोलमा रमाइरहेका छन् ।

बिहिबार बिहे गरेर उनीहरूले पुषको १ गते बिहे पार्टी दिदैछन् । केही बर्ष प्रेम सम्बन्धमा रहेपछि संभव र श्रृङ्खलाले बिहेको निर्णय लिएका हुन् ।

उनीहरूले केही महिना अगाडि मात्र आफूहरूको सम्बन्धलाई खुलाएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖