• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यात्रुलाई दुव्र्यवहार गर्ने सहचालकको जागिर चट


  • धनकुटा खबर
  • .

तुलसीपुर, नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको समयमा यात्रुलाई दुव्र्यवहार गर्ने सहचालकलाई कार्बाही गरिएको छ । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि तुलसीपुरले यात्रुलाई दुर्व्यवहार गर्ने सहचालकलाई कारबाही गरेको हो ।

रा १ ख २९३४ नम्बरको हाइसका सहचालक पोषण डाँगीलाई प्रालिले आफू मातहतका कुनै पनि गाडीमा आगामी दिनमा रोजगार नपाउने गरि हटाएको छ ।

गाडीका सहचालक डाँगीले मंसिर १९ गते नेपालगञ्ज देखि दाङको तुलसीपुरतर्फ आउँदै गरेको हाइसमा चढेका यात्रुलाई अश्लिल शब्द प्रयोग गरेर दुर्व्यवहार गरेपछि कारबाही स्वरुप रोजगारबाट हटाएको प्रालिका अध्यक्ष घनश्याम बस्नेतले जानकारी दिनुभयो ।

आफू मातहतको समितिले कुनै गाडीमा रोजगार दिएमा उक्त गाडीको चलानी समेत रोकेर कारबाही गर्ने चेतावनी समेत प्रालिले दिएको छ । सहचालकको यो कस्तो दादा गिरी’ शीर्षकमा सुप्रिम भ्लगहरू लेखिएको युट्युब च्यानलमा एक युवकलाई जबरजस्ती गाडीमा धकेल्दै चढाएर अलि पर सर खाते भन्दै गाडीबाट खसालिदिने भन्दै सहचालक डाँगीले तथा नाम गाली गरेको सुन्न सकिन्छ ।

सहचालक डाँगीले अरु जस्तो स्टाप नसम्झे भन्दै गाडी भित्र पटक पटक कुट्न प्रयास गरेको देखिएको छ । नेपालगञ्जबाट तुलसीपुर आउनका लागि चढेका यात्रुलाई गाडीमा राखेर तथा नाम अश्लिल शब्द प्रयोग गरेर दुर्व्यवहार गरेको सामाजिक सञ्जालमा देखेपछि त्यस लगत्तै मंसिर २१ गते बसेको प्रालिको पदाधिकारी बैठकले कारबाही गर्ने निणर्य गरेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖