धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा घरको छतबाट खसेर राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक(असई) गम्भीर घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोल बस्ने अनुसन्धान सहायक रबिन्द्र(रमेश) भट्ट मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले घरको छतबाट लडेर घाइते भएका भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहको जानकारी दिए । बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको छ ।
उनको उपचार जारी छ । भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए ।
