• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

बुधबार साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने उनीहरूको परिचय खुलिसकेको छैन ।

अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा५ख ८४१३ नम्बरको बसको पछाडिको भागमा ठक्कर दिँदा सामान्य क्षति पुगेको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖