• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कतारमा अस्ताए म्याग्दीका नानु घर्ती मगर


  • धनकुटा खबर
  • .

वैदशिक रोजगारीका लागि कतार आएका म्याग्दीका नानु घर्ती मगरको हृदयाघातका कारण निधन भएको छ। म्याग्दीको धवलागिरी गाउँपालिका ४, मुदीको खिवाङका ४८ वर्षीय घर्ती मगरको डिसेम्बर ६ तारिकमा निधन भएको हो।

अचानक बेहोस भई ढलेका नानुको उपचार गर्दैगर्दा अस्पतालले मृत घोषित गरेको थियो। ८ वर्षअघि कतार पुगेका घर्तीमगरको निधनपछि तुरुन्त कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासको सहकार्यमा मृतकको शव नेपाल पठाइएको मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए।

मृतकका आफन्त जित पुन, मोना कतारका अध्यक्ष राजु पौडेल, मोना कतार बहुउद्देश्यीय अक्षय कोषका अध्यक्ष विक्रम कार्की, मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइलीलगायत टोली कतार विमानस्थल पुगी दिवंगत आत्माको चिरशान्ति र वैकुण्ठवासको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए। मृतक घर्ती मगरेको शव बुधबार दिउँसोसम्म नेपाल आइपुग्ने बताइएको छ।

लामो समयमसम्म कतारमा बिताएका नानुले घर जाने योजनासमेत आफ्ना साथीहरूलाई सुनाउने गरेका थिए। कतारमा सुतेकै अवस्थामा वा अन्य कारणले मृत्यु भएका म्याग्देलीको शव व्यवस्थापन तथा कानुनी प्रक्रियामा मोना कतारले सक्रियता देखाउने गरेको छ।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖