• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीको कानुनी विवाह


  • धनकुटा खबर
  • .

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीले कानुनी विवाह गरेका छन् ।

बिहीबार जिल्ला अदालत परिसरमा बिहे गर्नेहरूको घुइँचो लागेको थियो । एकैदिन अहिलेसम्मकै धेरै जोडीको बिहे भएको अदालतका नायव सुब्बा राजन खड्काले जानकारी दिए ।

मङ्सिर महिनामा मात्र जिल्ला अदालत काठमाडौँमा २ सय ८६ जोडीले कानुनी विवाह गरेका छन् ।

अत्यन्त कम खर्चमा बेहुला बेहुली केही साछी सहित अदालतमा उपस्थित भएर कानुनी प्रक्रिया पूरा गरी हुने विवाहको आकर्षण बढिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖