• Tuesday 6th of October 2026

हमासले जस्तै इजरायलले पनि १४२ प्यालेस्टाइनी महिला र किशोरीहरूलाई ‘अपहरण’ गरेर यातना दिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलको रक्षा बलले गाजामा १४२ महिला र किशोरीहरूलाई हिरासतमा लिएको छ। बेलायती मिडिया हाउस मिडल इस्ट आईले इजरायली सेनाले महिला र बालिकालाई घरबाट निकालेर अज्ञात स्थानमा लगेको दाबी गरेको छ ।

उनीहरूमाथि लागेको आरोपबारे कुनै जानकारी दिइएको छैन । हिरासतमा परेका महिलामध्ये धेरै साना बच्चाकी आमा पनि छन् । प्यालेस्टिनी प्राधिकरणका अनुसार यी महिलालाई यातना दिइँदै आएको छ । गाजाबाट सुरक्षित करिडोरबाट बाहिरिने क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको थियो। ती महिलाहरूलाई इजरायली सैनिकहरूले गाजाको एक चौकीमा सोधपुछका लागि रोकेका थिए र त्यसपछि कुनै कारण नदिई पक्राउ गरेका थिए।

इन्शिरा अल शेख नामकी एक महिलाले मिडल इस्ट आइलाई बताएअनुसार उनकी एक १९ वर्षीया बहिनीलाई इजरायली सेनाले कब्जामा लिएको छ। जब उनी पक्राउ परिन्, उनी इजरायली बमबारीमा घाइते भएका उनकी आमा र दाजुभाइसँग थिइन्। सुरुमा कागजपत्रमा केही समस्या आएपछि पक्राउ परेको र छिटै छाड्ने ठानिएको थियो । तर, उनी अहिलेसम्म घर फर्किएकी छैनन् ।

इजरायली सेनाले उत्तरी गाजामा हमासलाई ध्वस्त पार्ने नजिक पुगेको दाबी गरेको छ । टाइम्स अफ इजरायलका अनुसार रक्षामन्त्री योभ गालान्टले भने-जबालिया र शेजैया क्षेत्रमा रहेको हमास बटालियनहरू सखाप हुन लागेको छ। हामीले उनीहरुलाई चारैतिरबाट घेरेका छौं । पछिल्ला केही दिनमा सयौं हमास लडाकुले आत्मसमर्पण गरेका छन् ।

इजरायली सेनाले पछिल्लो एक महिनामा ५०० हमास लडाकुलाई पक्राउ गरेको जनाएको छ । डिसेम्बर १ मा युद्धविराम समाप्त भएदेखि, १४० लडाकूहरू कब्जा गरिएको छ। सेनाले यी हमास लडाकुहरू विद्यालय, आश्रय गृह र अन्य भवनहरूमा लुकेको बताएको छ। सेनाले गिरफ्तार गरिएकामध्ये ३५० हमास लडाकु र करिब १२० प्यालेस्टिनी इस्लामिक जिहाद आतंककारी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖