• Sunday 4th of October 2026

याद राख चोर सरकार : मेयर बालेन


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका हुन् ।

मेयर शाहले भोलिबाट महानगरपालिकाका कुनै पनि गाडी सरकारले रोकेमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।

उनले भनेका छन् : ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖