• Monday 5th of October 2026

महिनावारीका बेला खानै पर्ने खाने कुराहरु


  • धनकुटा खबर
  • .

एजेन्सी ।महिनावारीको अवस्थामा हुने सामान्यदेखि अधिक दुखाइबारे महिला जानकार छन् । यो बेलामा ढाड, पेट, शरीर दुख्ने मात्र नभई कसैलाई त रिँगटा चल्ने बान्ता हुने समस्या समेत हुने गर्छ ।

दुखाई कम गर्ने औषधि नखाई हिँडडुल गर्नै नसक्ने समस्या समेत हुन्छ । त्यही कारणले महिनावारीको अवस्थामा कस्ता खानेकुरा खान हुन्छ र कस्ता खानु हुँदैन भन्नेबारे पनि धेरैलाई अन्योल हुने गरेको छ ।

प्राकृतिक रूपमा नै महिनावारीको अवस्थामा हुने दुखाई कम गर्न खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्ने स्त्रीरोग विशेषज्ञ डा। स्वातीकुमारी पाण्डेको सुझाव छ । उनका अनुसार महिनावारीको अवस्थामा शरीरलाई फाइदा पुर्‍याउने र प्राकृतिक रूपमा नै दुखाइलाई कम गर्ने खानेकुराहरू हुन् ।

केरा
केरामा प्रशस्त मात्रामा फाइवर हुने भएकोले केरा खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसका अतिरिक्त केरामा म्याग्नेसियम पनि पर्याप्त पाइन्छ जसले दुखाई कम गर्न मद्दत गर्छ ।

कागती
महिनावारीको समयमा अमिलो खानु हुँदैन रक्तस्राव बढी हुन्छ भन्ने भ्रम रहिआएको छ । तर यसमा कुनै सत्यता छैन । कागतीमा पाइने ‘भिटामिन सी’ ले दुखाई कम गर्न मद्दत गर्नुको साथै शरीरमा लौहतत्व अर्थात् आइरनको मात्रा बढाउँछ । महिनावारीमा महिलाको शरीरमा आइरनको कमी हुने भएकाले कागती खानु अति फाइदाजनक हुन्छ ।

सुन्तला
सुन्तला र कागतीको धेरै गुण आपसमा मिल्छन् । सुन्तलामा पनि भिटामिन सी प्रशस्त मात्रामा हुन्छ । जसले महिनावारीको समयमा हुने पिडालाई कम गर्न मद्दत गर्छ ।

खरबुजा
खरबुजा पनि महिनावारीको समयमा खानु उपयुक्त हुन्छ । खरबुजामा पाइने भिटामिन र खनिजले दुखाई कम हुनुको साथै आनन्दको अनुभूति गराउँछ ।

अदुवा राखेको चिया
महिनावारीको बेला थोरै चिनी राखेको वा चिनी नै नराखेको तर अदुवा राखेको चिया पिउनु राम्रो हुन्छ । यसले दुखाई कम गर्न मद्दत त गर्छ नै त्यससँगै बान्ता हुने, टाउको दुखाई पनि कम गर्छ । त्यस्तै क्यामोमाइल चिया पनि पिउन सकिन्छ ।-महिला स्वास्थ्य

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖