• Sunday 4th of October 2026

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटी लगातार चार खेलमा विजयी


  • धनकुटा खबर
  • .

इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी लगातार चौथो खेलमा विजयी भएको छ।

सिटीले शनिबार भएको खेलमा फुलहमलाई ५-१ गोलले पराजित गर्‍यो।
सिटीका लागि हाल्यान्डले ह्याट्रिक पूरा गरे।

३१ मिनेटमा अल्भारेजले सिटीका लागि पहिलो गोल गरे। दुई मिनेटपछि फुलहमका रेइमले बराबरी गोल फर्काए।

पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा एकेको गोलबाट सिटीले खेलमा दोस्रो पटक अग्रता लियो।

दोस्रो हाफमा सिटीका लागि हालान्डले ह्याट्रिक गरे।। उनले ५८ मिनेटमा पहिलो गोल गर्दा ७० मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे। यस्तै इन्जुरी टाइमको पाँचौ मिनेटमा उनले ह्याट्रिक पूरा गर्दा सिटीले सानदार जित निकाल्यो।

यता चेल्सी भेन पराजित भएको छ। चेल्सीलाई नटिङघम फरेस्टले १-० गोलले पराजित गर्‍यो।

टोटेनहमले सानदार जित निकाल्ने क्रममा वर्नलीलाई ५-२ गोलले पराजित गर्‍यो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖