• Monday 5th of October 2026

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । निद्रा हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। सबै मानिसहरू हरेक दिन ७ देखि ८ घण्टा सुत्नुपर्छ । यसो नगर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

जब हामी सुत्छौँ, हाम्रो शरीर र मस्तिष्क रिकभरी मोडमा हुन्छ। यसले हामीलाई अर्को दिनको लागि नयाँ ऊर्जा दिन्छ र शारीरिक र मानसिक कार्यसम्पादनमा सुधार गर्छ। पर्याप्त निन्द्रा नहुनुले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ र मानिसको ऊर्जा स्तर, मानसिक अवस्था, एकाग्रता र सोच्ने क्षमतालाई असर गर्छ। यही कारणले गर्दा खानाजस्तै निद्रा पनि स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।

धेरैजसोको मनमा एउटा प्रश्न उठ्छ कि यदि मानिस १० दिन वा २० दिन सुतेन भने के हुन्छ ? के यसो गर्दा मृत्यु हुन सक्छ? यो प्रश्न तपाईंको दिमागमा कुनै न कुनै बेला आएको हुनुपर्छ।

विज्ञहरूलाई उद्धृत गर्दै हेल्थलाइनको प्रतिवेदनमा एक दिन पनि नसुत्दा स्वास्थ्यमा ठुलो असर पर्ने उल्लेख गरिएको छ । यस्तो अवस्थामा यदि व्यक्ति एक हप्तासम्म सुत्दैन भने उसको अवस्था निकै खराब हुन सक्छ । लामो समयसम्म निन्द्रा नलाग्दा सोच्ने र बुझ्ने क्षमतामा ह्रास आउन सक्छ र शारीरिक तथा मानसिक कार्यसम्पादन बिग्रन्छ । यसले सबै अंगलाई असर गर्छ ।

निद्राको मुटु, मस्तिष्क र रक्तचाप लगायतका सबै अंगहरूसँग प्रत्यक्ष सम्बन्ध हुन्छ। निद्राको कमीले मुटु रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपना लगायतका धेरै गम्भीर रोगको जोखिम बढाउँछ । यस्तो अवस्थामा मानिसलाई लामो समयसम्म निद्रा लागेन भने यसको कारणले ज्यान समेत जान सक्छ । तर, कति दिनसम्म सुत्न नसक्दा मानिसको ज्यान जान सक्छ भन्न गाह्रो छ । यस सम्बन्धमा धेरै प्रयोगहरू भइसकेका छन्, तर यो रहस्य अझै सुल्झिएको छैन।

साइन्टिफिक अमेरिकनको रिपोर्ट अनुसार सन् १९६५ मा १७ वर्षीय विद्यार्थी र्‍यान्डी गार्डनरले विज्ञान मेलामा २६४ घण्टा अर्थात् करिब ११ दिनसम्म नसुतेर लगातार जागेर विश्व कीर्तिमान बनाएका थिए । धेरै अन्य अनुसन्धानहरूले पनि मानिसहरू ८ देखि १० दिनसम्म लगातार जागा रहने नतिजाहरू पत्ता लगाएका छन्।

अमेरिकाको शिकागो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसबारे मुसामा अध्ययन गरेका थिए । लगातार २ हप्ता वा सोभन्दा बढी समयसम्म निद्रा नपुग्दा मुसा मरेको पाइएको थियो । यी मुसाहरूमा पनि मृत्युको सही कारण प्रमाणित हुन सकेको छैन । यो शरीरको हाइपर मेटाबोलिज्मसँग सम्बन्धित विषय थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖