• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कतारमा अस्ताए खिवाङका नानु घर्ती मगर


  • धनकुटा खबर
  • .

वैदेशिक रोजगारीका लागि कतार आएका म्याग्दीका नानु घर्ती मगरको हृदयाघातका कारण निधन भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको खिवाङका ४८ बर्षिय घर्ती मगरको डिसेम्बर ६ तारिकमा निधन भएको हो । अचानक बेहोस् भइ ढलेका नानुको उपचार गर्दैगर्दा अस्पतालले मृत घोषित गरेको थियो ।

८ बर्ष अघि कतार पुगेका घर्तीमगरको निधन पश्चात तुरुन्त कानुनी प्रक्रिया पूरा गरी नेपाली दुताबासको सहकार्यमा मृतकको शब नेपाल पठाइएको मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए ।

मृतकका आफन्त जित पुन, मोना कतारका अध्यक्ष राजु पौडेल, मोना कतार बहुउदेश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्की, मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइली लगायतको टोली कतार विमानस्थलमै पुगेर दिवङ्गत आत्माको चिरशान्ति र वैकुण्ठवासको कामनासहित भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गदैं शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।

मृतक घर्तीै मगरेको शब बुधबार दिउँसोसम्म नेपाल आइपुग्ने बताइएको छ । लामो समयमसम्म कतारमा विताएका नानुले घर जाने योजना समेत आफ्ना साथीहरुलाई सुनाउने गरेका थिए ।

कतारमा सुतेकै अवस्थामा वा अन्य कारणले मृत्यु भएका म्याग्देलीको शब ब्यवस्थापन तथा कानुनी प्रक्रियामा मोना कतारले सक्रियता देखाउने गरेको छ । मृतक नानुको परिवारलाई मोना कतार, एनआरएनए लगायतका संघसंस्थामार्फत सहयोगको पहल समेत गरिएको छ ।

यसैबीच श्रमस्वीकृति नविकरण नभएको कारण मृतकले प्राप्त गर्ने विमा सहितका सुविधामा समेत समस्या भएको छ । श्रम स्वीकृतिको म्याद सकिएर दुर्घटना वा मृत्यु भएपछि कम्पनीबाट पाउने क्षर्तीपूर्ती, बिमा सहितका अन्य सेवासुविधाहरुबाट बँिन्चत हुने भएकाले म्याद सकिएलगत्तै नविकरण गर्न मोना कतारले अपिल गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖