• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा बरामद


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ किलो गाँजा बरामद गरिएको छ।

शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको १०८ वटा कार्टुन गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

विमानस्थल भन्सार कार्यालयका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको हो।

उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖