• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जेलमा रहेका थुनुवालाई छुटाइदिने भन्दै ५ लाख ठगी गर्ने दावा लामा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । जेलमा रहेका थुनुवालाई छुटाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का ३७ वर्षीय दावा दोर्जे लामा रहेका छन् ।

प्रहरीका अनुसार उनले जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार कर्यालय जगन्नाथ देवलमा रहेका एकजना कैदीलाई छुटाइदिने आश्वासन दिएका थिए । उनले त्यसका लागि वकिल र अदालतलाई मिलाउन खर्च लाग्ने बताएर पटकपटक गरी पाँच लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।

उनलाई गएको शुक्रबार काठमाडौंस्थित बौद्बबाट पक्राउ गरेको थियो । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु ‍पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖