• Monday 5th of October 2026

नायक पल शाहको तीन तोलाको सुनको ब्रासलेट हरायो, फ्यानहरुले खोसेको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २ । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाहको ब्रासलेट हराएको छ। स्रोतका अनुसार शनिबार शाहको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो।

स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो भन्ने विषयमा भने कुनै पत्तो लाग्न सकिएको छैन्। ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनी अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए। उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन।

आईतबारको महोत्सव कार्यक्रममा उद्घोषकले नायक शाहको ब्रासलेट हराएको जानकारी गराएका थिए। प्रहरीले भने ब्रासलेट हराएको विषयमा जानकारी नआएको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖